Sur Cinema

एउटा सिनेमाको छायांकन सकिए लगतै चन्द्रको अर्को सिनेमामा पनि पल !

काठमाडौं : सिनेमा ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ । सिनेमाको छायांकन सकिए लगत्तै निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल सिनेमाका लागि अनुबन्ध गरेका छन्।

निर्देशक पन्तले सिनेमाको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए। अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ।

निर्देशक पन्तले सिनेमाको छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए । चितवन,काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस सिनेमामा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट,साइग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।

आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई सिनेमाले बोल्ने छ । सिनेमाको छायांकन सकिएपछि अभिनेता पल शाहले आफु यो सिनेमाबाट निकै आशावादी रहेको बताएका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमाको डिओपीमा नवराज उप्रेती रहेका छन्। सिनेमाको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम, रहेका छन्।