काठमाडौं : कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मैझारो’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकारहरू धिरज मगर, उपासना सिंह ठकुरी र दिया पुनको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
इलाममा खिचेको सिनेमाको टिजरमा गाउँले परिवेशमा देखिएका धिरज, इलामको चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना र उनले बोलेका संवादहरू मीठा छन् । टिजर हेर्दा मिरुनासँग आकर्षित भएपनि कुनै वाध्यताले धिरज दिया पुनसँग नजिक भएको देखाइएको छ ।
सिनेमामा दयाहाङ राई, वुद्दि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा लगायतका कलाकारहरूको पनि अभिनय छ ।विल्सन विक्रम राइको कथा र निर्देशनमा तयार भएको यो सिनेमामा किराँती मौलिक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो सिनेमामा अनमोल गुरुङ र तोरेम्पाहाङ राइको संगीत, सौरभ लामाको डीओपी छ । आरआर फिल्मस्ले यो सिनेमाको वितरण गर्दैछ ।















