काठमाडौं – सिनेमा ‘बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।
‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। सिनेमामा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।
सन्तोष सेनको निर्देशनमा निर्माण भएको यो सिनेमा बडादसैँको फूलपातीका दिन (असोज १३) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।















