Sur Cinema

विल्सनको ‘मैझारो’मा दयाको प्रवेश, आउटभयो दयाको यस्तो लुक्स

काठमाडौं : हाल छायांकनरत सिनेमा ‘मैझारी’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। कलाकारसमेत रहेका विल्सन विक्रम राईको निर्देशन र लेखन रहेको यो सिनेमा दया प्रवेश भएको कुरा मंगलबार मात्रै सार्वजनिक भएको हो।

दयाको लुक्ससमेत सार्वजनिक भएको छ। जहाँ उनी भाला लिएर आक्रोशित मुद्रामा रहेका छन्। जसले सिनेमामा उनको विशेष भुमिका रहेको स्पष्ट हुन्छ।

सुरुमा दया सिनेमामा आबद्ध हुने कुरा भएपनि उनको समय नमिलेर आबद्ध भएका थिएनन्। तर अहिले भने समय मिलाएर ‘मैझारो’मा काम गरेको बताइएको छ।

सिनेमामा दयाका अलावा धिरज मगर, मिरुना मगर लगायतका कलाकारहरुको समेत मुख्य भुमिका रहेको छ। सिनेमाको हाल इलामका विभिन्न स्थानहरूमा छायांकन भइरहेको छ।