काठमाडौं : अभिनेत्री निरुता सिंह नेपाल आउँदैछिन्। उनी सबिर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘३६ को आँकडा’को लागि भारतबाट नेपाल आउन लागेकी हुन्।
आइतबार मात्रै उनी सिनेमामा अनुबन्ध भएको खबर बाहिरिएको थियो। निर्माण टिमले शनिबार पशुपतिमा शुभमुहूर्त गर्दै फर्स्टलुक पनि सार्वजनिक गरेको थियो।
सिनेमामा निरुताका अलावा रेखा थापा, पुष्प खड्का, पूजा शर्मा ,महेश त्रिपाठी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ। सिनेमा हाल छायांकन भइरहेको छ।















