Sur Cinema

सिनेमा ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री

काठमाडौं : आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने सिनेमा ‘आमा बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको सिनेमालाई विदेशमा समेत उच्च माग बढ्न थालेको हो। उनका अनुसार सिनेमा निर्माण भइसकेपछि विदेशमा यो सिनेमाको माग उच्च बढ्ने देखिन्छ।

सिनेमामा पल शाह,उषा उप्रेतीका साथमा सदाबहार अभिनेत्री विपना थापा, सिम्रन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ। उनीहरु यस फिल्मका लागि फाइनल भइसकेका छन्।

यही महिनाबाट छायांकनमा निस्किने यो सिनेमाका अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ। सिनेमाको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। यो सिनेमा आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।