काठमाडौं : सबिर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘३६ को आँकडा’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। शनिबार कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले फर्स्टलुक पोस्टर रिलिज गरेको हो।
पोस्टरमा अभिनेत्री रेखा थापालाई प्रहरीको पोशाकमा देखाइएको छ, जसले अर्की अभिनेत्री पूजा शर्मालाई हत्कडी लगाएकी छन्। पोस्टर हेर्दा उनीहरूको बीचको सम्बन्ध र द्वन्द्वको संकेत दिन्छ। जानकारीमा आए अनुसार सिनेमामा यि दुई दिदिबहिनीको भुमिकामा देखा पर्दैछन् ।
यो सिनेमामा रेखा र पूजाको साथमा पुष्प खड्का र महेश त्रिपाठीको पनि अभिनय रहनेछ। ‘उपहार’ सिनेमापछि रेखा र पूजाको यो दोस्रो सहकार्य हो। ‘३६ को आँकडा’मा यी दुईको काम कस्तो छ त्यो त रिलिज पछि थाहा होला।















