काठमाडौं : नयाँ सिनेमा ‘३६ को आँकडा’मा अभिनेता पुष्प खड्का अनुबन्ध भएका छन्। उनले सिनेमामा अभिनेत्री पूजा शर्मासँग जोडी बाँध्नेछन्। पुष्प करिब २ वर्षपछि सिनेमामा काम गर्दैछन्। यो बीचमा उनी विभिन्न ब्रान्ड र म्युजिक भिडियोमै व्यस्त थिए।
सवीर श्रेष्ठको निर्देशनमा तयार हुने ‘३६ को आँकडा’ मा यस् अघि अभिनेत्री रेखा थापा, पूजा शर्मा र महेश त्रिपाठी अनुबन्धित भइसकेका छन्।
सिनेमा काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ। दिदिबहिनीको सम्बन्धको बारेमा सिनेमा आधारित हुने बताइएको छ।















