काठमाडौं: निर्देशक चन्द्र पन्तको आगामी सिनेमा ‘आ बाट आमा’ मा प्रतिभाशाली कलाकारहरूको बलियो जमात तयार भएको छ। यसै क्रममा पछिल्लो पटक मोडल उषा उप्रेती सिनेमामा अनुबन्ध भएकी छिन्।
बुधबार उनलाई सिनेमाको एक महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिए पनि उनको चरित्रबारे भने केही खुलाइएको छैन।
यसअघि नै सिनेमामा लोकप्रिय अभिनेता पल शाह, अभिनेत्रीहरू सिम्रन पन्त, विपना थापा र दक्षिण भारतीय सिनेमाका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका थिए।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस सिनेमाको छायांकन भदौ महिनाबाट सुरु हुनेछ। निर्माण टिमले बाँकी कलाकार र प्राविधिक टोलीको जानकारी पनि छिट्टै सार्वजनिक गर्ने बताएको छ।
सिनेमाको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ। हालै निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच सम्झौता भएको छ।’आ बाट आमा’ आगामी फागुन १५ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुनेछ।















