Sur Cinema

सिनेमा ‘छत्तीसको आँकडा’ बनाउँदै पूजा, पशुपति पुगेर गरिन् घोषणा

काठमाडौं : अभिनेत्री तथा निर्माता पूजा शर्माले नयाँ सिनेमाको निर्माण घोषणा गरेकी छिन्। उनले आज पशुपतिमा जारी महायज्ञमा पुगेर सिनेमा ‘छत्तीसको आँकडा’ निर्माण गर्ने घोषणा गरेकी हुन्।

पूजाले सिनेमा घोषणासँगै प्रदर्शन मिति समेत घोषणा गरेकी छिन्। उनका अनुसार यो सिनेमा आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउनेछ। सिनेमाको अन्य जानकारी भने केही दिनमा दिने उनले बताइन्।