Sur Cinema

बिनय कार्कीको ‘नयाँ नयाँ’ सार्वजनिक

काठमाडौं : गायक तथा संगीतकार बिनय कार्की क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत ‘नयाँ नयाँ’ सार्वजनिक भएको छ।गीतको शब्द–संगीत बिनय कार्की क्षेत्रीकै रहेको छ भने एरेञ्ज सञ्जीव सुब्बाले गरेका छन् । मिक्सिङ साजन साहले आरोही बिट्समा गरेका हुन्।

गीतको भिडियोमा करिश्मा श्रेष्ठ, सन्तोष बानियाँ र बिनय कार्की स्वयंको अभिनय देख्न सकिन्छ। सिनेमाटोग्राफी दिनेश पराजुलीले, वर्डरोब दिपेन परियारले, मेकअप पुनम चौधरीले, सम्पादन विकाश दाहालले र निर्देशन बिशाल नेपालीले गरेका छन् । भावुक शब्द र मधुर संगीतमा आधारित गीतले प्रेमको सुन्दर अनुभूति दर्शक–श्रोतासम्म पुर्‍याउने प्रयास गरेको छ।