Sur Cinema

‘मोहर’लाई दर्शकको राम्रो साथ, सिनेमा चलेपछि मख्ख पल र नीति

काठमाडौं: शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मोहर’ ले दर्शकको राम्रो साथ पाएको छ। सिनेमालाई दर्शकको राम्रो साथ मिलेपछि यतिबेला सिनेमाका मुख्य कलाकार पल शाह लगायतको टिम मोफसलका दर्शकहरू भेट्नको लागि पूर्व निस्किएको छ।

सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको र दर्शकको सकारात्मक प्रतिक्रियाले गर्दा निर्माण टिम उत्साहित भएको छ।

‘मोहर’ सिनेमाको कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनयको तारिफ भएको छ। यस सिनेमाले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा थपेको विश्लेषकहरूको भनाइ छ।

सिनेमाको लेखन तथा निर्देशन ओम प्रतीक ले गरेका हुन् भने निर्माता चुम्बन जंग शाही हुन्। यसमा पल शाह र नीति शाहका साथै बेनिसा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।