Sur Cinema

नीताको निर्देशनमा बन्ने ‘पार्वती’मा सरोज अधिकारी सहायक निर्देशक

काठमाडौं: अभिनेत्री नीता ढुंगानाले निर्देशन गर्न लागेको सिनेमा ‘पार्वती’ मा कलाकार सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन्। नीता र अधिकारीबीच आइतबार औपचारिक सम्झौता भएको हो।

नीता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाबाट नीताले निर्देशनमा डेब्यु गर्दैछिन्। यस सिनेमाको फर्स्टलुक पोस्टर शनिबार मात्रै सार्वजनिक गरिएको थियो। नीताकै कथामा बन्न लागेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम अधिकारी ले तयार पारेका छन्। ‘पार्वती’ आगामी माघ १ गते बाट प्रदर्शनमा आउनेछ।

कलाकारितामा आफ्नो पहिचान बनाउँदै गरेका सरोज अधिकारीले दर्जनौं म्युजिक भिडियोमा अभिनय र निर्देशन गरिसकेका छन्। त्यसैगरी, उनले केही सिरिज पनि निर्देशन गरेका छन्। उनको अनुभवले सिनेना निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।