Sur Cinema

‘कोशेढुंगा’को नयाँ गीत ‘भंगेरा भगेरी’ मा सुरक्षा र मन्जिलको प्रेमिल जोडी

काठमाडौं : सिनेमा ‘कोशेढुंगा’को नयाँ प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक भएको छ।गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर छ भने संगीत रिदम कँडेलकै रहेको छ। गीतका शब्द बिदुर तिमल्सिना (देवदूत) ले लेखेका हुन्। यसको भिडियोमा सुरक्षा पन्त र मन्जिल कुमारले अभिनय गरेका छन्।

यो गीतले प्रेममा रहेका युवायुवतीको कथा प्रस्तुत गरेको छ। भिडियोमा सिनेमाका मुख्य कलाकार सुरक्षा पन्त र मन्जिल कुमारको जोडी देख्न सकिन्छ । यि दुबैको केमिस्ट्री पनि गजबको देखिएको छ।

सरोज पौडेलको निर्देशन रहेको सिनेमा ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदै छ। ‘पूर्ण बहादुरको सारंगी’ जस्तो सफल सिनेमा निर्देशन गरिसकेका पौडेलको यो नयाँ सिनेमा यतिबेला सबैको प्रतीक्षाको सिनेमा बनेको छ।

सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम र लोकमणि सापकोटा लगायतका कलाकारको अभिनय छ।

‘कोशेढुंगा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकैसाथ रिलिज हुँदै छ। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।