काठमाडौं: लोकप्रिय अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले सोमबार पशुपतिमा आयोजित महायज्ञमा आर्थिक सहयोग गरेका छन्।मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्ने उद्देश्यले आयोजना गरेको यस महायज्ञमा उनले आफ्नो आगामी सिनेमा ‘माग्ने राजा’ को प्रमोसन गर्दै व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ प्रदान गरेका हुन्।
‘माग्ने राजा’ टिम महायज्ञस्थलमा पुगेर सामाजिक कार्यमा सहयोग गर्दै आफ्नो सिनेमाको प्रमोसनमा जुटेको हो। केदार घिमिरेसहित अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने र लेखक सामिप्य तिमल्सिनालगायतको टोलीले महायज्ञमा सहभागिता जनाएको थियो।
यो महायज्ञमा सिनेमाकर्मीको सहयोग जुट्ने क्रम जारी छ। शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि सोही महायज्ञमा ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन्।
यतिबेला ‘माग्ने राजा’ टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिइरहेको छ। सिनेमालाई लिएर दर्शकहरु पनि निकै उत्साहित छन्।















