Sur Cinema

‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं : निर्देशक यम शेर्पाको सिनेमा ‘मिरमिरे’ ले माघ १ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर यो घोषणा गरिएको हो।

दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको यस सिनेमाको छायांकन मकवानपुरको चित्लाङमा भइरहेको छ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनिरहेको यो सिनेमाको कथा निर्देशक शेर्पा आफैंले लेखेका हुन्।

दयाहाङ राई र प्रकाश सपूतको यो पहिलो सहकार्य हो। सिनेमाको देशभरको वितरणको जिम्मा आरआर फिल्म्स्ले लिएको छ।