Sur Cinema

`पूरा भयो सपना मेरो´ बन्ने 

काठमाडौं : निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक सिनेमा बन्ने भएको छ । सामाजीक प्रेमकथानक सिनेमाको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ ।

रोशिका फिल्मसको प्रस्तुति रहेको सिनेमाका कलाकार र प्राबिधिक बारे भने केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छ्न । एकराज थापा निर्माता रहेको सिनेमाको कथा पनि उनैले रचेका हुन ।