Sur Cinema

ज्ञानेन्द्रको ‘झिँगेदाउ २’को लागि वसन्त र शान्ती श्री ले गरे गीत रेकर्ड

काठमाडौं : ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो । यो गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको छ ।

दशैं तिहार लगत्तै छायांकमा निस्कने तयारी रहेको सिनेमाको कथा पहिलो भाग जहाँ सकिएको थियो त्यँहीबाट सुरु हुने भएकाले ‘झिँगेदाउ २’ पूर्ण रुपमा सिक्वेल रहेको निर्देशक देउजाले जानकारी दिए । सिनेमाको मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित पहिलो भागका अधिकाँश कलाकार दोहोरिने छन् । यो बाहेक एक अभिनेता र एक अभिनेत्री नयाँ कलाकारको प्रवेश हुनेछ ।

कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुने सिनेमाका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।