काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ पोस्टरमा खुसी र तनाव देखिएको छ । खुसी र तनाव सञ्चार गर्ने कलाकारहरूको भावसहितको पोस्टर सार्वजनिक भएको छ ।निर्माणपक्षले बिहिवार सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य ६ पात्र छन् । जसको शीर्ष स्थानमा कामेश्वर चौरसिया छन् । लामो कपाल र दारीमा रहेका उनको चेहरामा खुसी छ ।पोस्टरमा रहेका अन्य कलाकार शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी छन् । प्रकाश, गौमाया र लक्ष्मी भने केही तानवमा देखिन्छ ।

पोस्टर र कलाकारको अनुहारमा गरिएको रङ संयोजनले आँट र तनाव र गंजागोलको संकेत गरेको छ । पैसा, सम्बन्ध, विश्वास जे सुकैको पनि हुनसक्ने अनुमान लगाउयन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । सिनेमामा शरद महतोको डिओपी रहेको छ ।सिनेमा भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ ।















