Sur Cinema

माईकलको सिनेमामा टिकटकर आयुष !

काठमाडौं : सिनेमा ‘राम नाम सत्य’बाट टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको सिनेक्षेत्रमा डेब्यु हुने भएको छ । माइकल चन्दको निर्देशनमा तयार हुन लागेको सिनेमामा सोमबार निर्माण पक्ष र आयुष बिच कागजी सम्झौता भएको हो ।

साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो सिनेमालाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माणपक्षको छ । यो सिनेमामा यसअघि नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु फाइनल भइसकेका छन् । अब, एक नायिका फाइनल गरेपछि कलाकारहरुको लाइनअप पुरा हुने  निर्माणपक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको सिनेमामा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । संजय लामाको डीओपी रहने सिनेमाको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ । तेज विक्रम केसी हेड अफ प्रोडक्सन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर नविन जंग शाह हुन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने सिनेमालाई माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण गर्न लागिएको हो ।