काठमाडौं : सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को हिजो (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । कृष्णबहादुर थापा छायांकार रहेको सिनेमाको छायांकन काठमाडौं सँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।
दीपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमा ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस सिनेमामा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, सञ्जोग रसाइली र नशिव मुखिया मुख्य भूमिकामा छन् ।
यार्सा स्टुडियो सँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो सिनेमाका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । निर्देशक दीपेन्द्र के खनालकै लेखन रहेको सिनेमामा सौगात बस्नेत मुख्य सहायक निर्देशक, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।
















