काठमाडौं : ओम प्रतिकको निर्देशनमा तयार भएको सिनेमा ‘मोहर’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा सस्पेन्स, थ्रीलरको साथमा प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ ।
प्रतिककै लेखन रहेको सिनेमा चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको सिनेमामा देउकी प्रथालाई मुख्य विषयवस्तु बनाएको छ ।
सिनेमामा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।
दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको सङ्गीत रहेको सिनेमामा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र कुमार महर्जनको एक्सन रहेको सिनेमा यहि साउन २३ गतेबाट प्रदर्शनमा प्रदर्शन हुँदैछ ।















