काठमाडौं : मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथामा आधारित सिनेमा ‘सुम्निमा’मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन् । गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहकार्यको निर्माणमा बन्ने यो सिनेमा विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिएका छन् ।
यो सिनेमा मार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो । यसअघि दुबैले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन् । ‘लिली बिली’ पछि सात वर्षपछि पुनः सहकार्य हुन लागेको हो ।
सिनेमामा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिले नै अनुबन्धित भइसकेका छन् । राजीव थापाको लेखनमा बन्ने यो सिनेमाको छायांकन आउँदो अगस्टमा लन्डन र नेपालमा हुने बताइएको छ ।















