Sur Cinema

तीज गीत ‘म भन्दा राम्रो कोहीमा’ पल र नारायणीको ठुम्का

काठमाडौं : निकी थापाको प्रस्तुतिमा नयाँ तीज गीत ‘म भन्दा राम्रो कोही’ सार्वजनिक भएको छ । निकी थापाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायक पशुपति शर्मा र गायिका निकी थापाले नै स्वर दिएका छन्।

गीतमा साजन कुँवरको शब्द र यज्ञ सापकोटाको संगीत रहेको छ। एचबीएन किस्मतले गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका हुन्। गीतमा सुमित्रा मुखिया र गायत्री मगरको सपोर्टिङ भोकल सुन्न सकिन्छ।

निशान बानियाँको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पल शाह र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।

भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् भने कलर मिलन विश्वकर्माले गरेका छन्। गणेश घटालले पोस्टर आर्ट तयार पारेका हुन्। गलबन्दी म्युजिक प्रालिले गीतको अडियो र भिडियो निर्माण गरेको हो ।