काठमाडौं : गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कान्छा सिने निर्देशकका रूपमा नाम लेखाउन सफल सौगात विष्ट निर्देशित नयाँ लघु सिनेमा ‘भूवा’को छायाङ्कन कार्य सम्पन्न भएको छ। डान्स फिभरको प्रस्तुति रहेको यस सिनेमालाई सम्झना पोखरेलले निर्माण गरेकी हुन्।
‘भूवा’ शीर्षकले सांस्कृतिक र पारिवारिक सन्दर्भ समेट्ने सिनेमाका प्रमुख कलाकार गजित विष्टले बताए । ‘भूवा’ले पारिवारिक भावना र सामाजिक चेतनालाई समेट्ने अपेक्षा गरिएको छ । अत्यन्तै कम उमेरमा निर्देशनमा पाइला टेकेका सौगातले यस लघु सिनेमामार्फत फेरि एक पटक आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।
सङ्गम विष्टले लेखेको कथा र पटकथा समेटिएको यस लघु सिनेमामा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन रहेको छ साथै बिक्रम गौतमको मेक अप रहेको यस सिनेमाको गीतमा चन्द्रमणि भट्टराईले शब्द रचना गरेका छन् भने राजेन्द्र बजगाईँले सङ्गीत भरेका छन् ।
सारीका घिमिरे र विषम आचार्यको स्वरमा तयार भएको गीतमा विषम आचार्यकै ब्याकग्राउन्ड म्युजिक सुन्न सकिनेछ । सिनेमा निर्माणको सल्लाहकारका रूपमा गम्भीर विष्ट र कुमार मोक्तान तामाङ रहेका छन्।















