Sur Cinema

‘मुनामदनको ब्रेकअप’ निर्माण घोषणा

काठमाडौं : ‘मुनामदनको ब्रेकअप’ नामको सिनेमा निर्माण हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने सिनेमामा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् ।

सिनेमामा कलाकार राज कटवाल फाइनल भएका छन् । निर्माण टिमका अनुसार बाँकी कलाकारहरु केही दिनभित्र टुंगो लाग्नेछ । ‘सिनेमाको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने ।

कास्कीको ग्रामीण भेगमा छायांकन गरिने सिनेमाको ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किने निर्माण टिमको भनाई छ ।