काठमाडौं : दीपेन्द्र के खनालले निर्देशन गर्ने सिनेमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा बन्ने सिनेमाको बिहीबार काठमाडौंको गौरीघाटमा शुभमुहूर्त गरिएको हो । पाइलट समेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् ।

सिनेमाको मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो । पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस सिनेमामा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै सिनेमामा यी तीनजनाको यो दोस्रो पटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
कृष्णबहादुर थापा छायाकार रहने सिनेमाको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो सिनेमा भदौको पहिलो साताबााट छायांकनमा जानेछ ।

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो सिनेमामा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।
निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको सिनेमामा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ‘रोयल भीमसेन’ पोस्टर तथा पब्लिसिटी डिजाइन (ट्राइडेन्ट कन्सेप्ट), प्रोडक्सन डिजाइर अकी थेक्पा, रोहित राज गौतम र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, अकि ठेक्पा रहेका छन् ।















