Sur Cinema

तक्मेको ‘मैझारो’मा धिरजपछि मिरुना

काठमाडौं : विल्सन विक्रम राई (तक्मेबुढा)को निर्देशनमा बन्ने सिनेमा ‘मैझारो’मा मिरुना मगर अनुबन्धित भएकी छन्। यसअघि निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गरेको थियो।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमालाई निर्देशक तक्मे बुढाले नै लेखेका हुन् । उनको यो डेब्यु लेखन तथा निर्देशन हो । यस सिनेमामा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने गायनमा राजेश पायल राई लगायतको रहने छ।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने सिनेमामा सौरभ लामाको छायांकन हुनेछ भने यो सिनेमालाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थका निर्माण हुनेछ । तक्मे प्रोडक्सनले यसअघि निर्माण गरेका हास्य सामग्री र सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै आएको थियो ।