काठमाडौं : लामो समयदेखि म्युजिक भिडियो निर्देशन र सिनेमा छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘कुम्भ’को प्रदर्शन मिति तय भएको छ । यो सिनेमा मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउने भएको छ ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमा नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ । सिनेमामा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
एक्सन विधामा निर्माण गरिएको सिनेमामा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ ।
सिनेमाको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन् । द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन् । ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन् । सिनेमाको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले मिलेर गरेका हुन् । सिनेमाको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ ।















