Sur Cinema

गीत ‘ढाँट्यो मायाले’ : विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ शुक्रबार सार्वजनिक भएको छ । एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा आलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ । गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ । जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।

गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन् । शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा तथा छायांकन दिपक गिरीले गरेका हुन ।

रोजिना श्रेष्ठको मेकअप, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन एसडी हाउसले गरेको हो । भिडियोमा अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन् ।