काठमाडौं : शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सिनेमा ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।सिनेमाको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा सिनेमा निर्माण गरेको बताए ।
सिनेमाका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो सिनेमा हरेक नेपालीले हेर्नु पर्ने बनेको बताउनु भयो । यस्तै विजय बरालले फरक सिनेमा भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताउनु भयो । विल्सन विक्रम राईले मैले सिनेमाको कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिक बाट देखेकोले सिनेमा उत्कृस्ट बनेको बताउनु भयो। सिनेमाकी नायिका आयुषा समाल आफुले बिदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताउनु भयो ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।
अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ । सिनेमालाई आर आर फिल्मसले वितरण गर्दैछ।















