काठमाडौं : कर्नबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक समारोहका बिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको कार्यक्रममा सांसदहरु ज्ञानेन्द्र बहादुर शाही,कान्तिका सेजुवाल , दयाल बहादुर शाही लगायत पुर्वमन्त्री मोहन बानियाँ, एमालेका नेता गोरख बहादुर बोगटी,शान्तिलाल महत लगायत कर्णाली प्रदेशका बुद्धिजीवी ,पत्रकार लगायतको बाक्लो उपस्थिति थियो ।
दीपक शर्माको शब्द,संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वर रहेको छ । गीतलाइ नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।
प्रेम भाव समेटिएको गीतमा विनोद शाही र दीपा शाहीको अभिनय रहेको छ भने गीतको म्युजिक भिडियोमा भुपेन्द्र थापामगरको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । विनोद शाहीले नै निर्देशन भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।















