Sur Cinema

गीत ‘अजम्बरी माया’ : दम्पतीको प्रेम भाव र आत्मियताको कथा

काठमाडौं : ‘कोशी किनारमा एक माझी बस्ती छ। जहाँ छन दुई दम्पती । श्रीमान डुङ्गा खियाउछन, माछा मार्छन, अरुको खेत “अधिया” लाउछन् । श्रीमती भने गृहिणी छिन, कहिले काहीँ श्रीमानको काममा साथ पनि दिन्छिन । दुबैका सन्तान छैनन या भएनन । दम्पतीमा प्रेम भाव र आत्मियताको डोरि बलियो गरि कसिएको छ । दुबै हाँस्छन , खेल्छन अनि रमाउछन् । गरिबिको रेखामुनी रहेर पनि जीवन यात्रालाइ खुसी साथ डोर्याइ रहेको त्यो परिवारमा एक अनिष्टताको प्रवेश हुन्छ । फलत: श्रीमतीलाई दिर्घकालिन रोगले च्याप्दै जान्छ । उपचार गराउने सामर्थ्य पनि छैन् । श्रीमतीको मृत्यु हुन्छ । एक्लिएको जिन्दगीलाई जसो तसो ती माझीले घिसारी रहेका छन् ।’

अहिले बजारमा एक गीतको भिडियो आएको छ, ‘अजम्बरी माया’। सबै थोक सकिन्छ तर माया अजम्बरी बनेर बस्छ भन्ने गीतले बताउँछ । सुगम सङ्गितका अब्बल गायक शिव परियारको कर्णप्रिय आवाजलाइ अनिष श्रेष्ठले सङ्गीत भरेका छन भने सङ्गीत संयोजन आमोश तामाङ्गको रहेको छ । डा. राजुबाबु श्रेष्ठ यो गीतका रचयिता हुन् ।

कलाकार द्वय मेनुका माझी र माधव के. सि. ले उक्त कथालाई अभिनयको माध्यमबाट कसिलो गरि डोर्याएका छन् । त्यसै गरि गणेश गहतराजले अभिनयमा साथ दिएका छन् । उक्त भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने सम्पादन मित्र देव गुरुङ्गको रहेको छ । मित्र जो सिनेमाका एक अब्बल सम्पादक हुन् । नवल नेपालको निर्देशनमा तयार उक्त करुणामय गीतलाइ ओ. एस. आर. डिजिटलले बजारमा ल्याएको हो ।