Sur Cinema

कृषाको निर्देशनमा ‘जहाजैमा’ : नेपालसहित जापान तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्दै

काठमाडौं : ‘पिताम्बर’ निर्देशन गरेर चर्चामा आएकी निर्देशक कृषा चौलागाईँले आफ्नो नयाँ सिनेमाको नाम सहित पोस्टर सार्वजनिक गरेकी छिन् । अघिल्लो साता जापान भ्रमणका क्रममा निर्देशक चौलागाँइले साइन गरेको सिनेमाको नाम ‘जहाजैमा’ राखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

आफ्नो फेसबुक अकाउन्टमा सिनेमाको पोस्टर शेयर गर्दै निर्देशक चौलागाईँले यो सिनेमा सन् २०२६ मा प्रदर्शन हुने जानकारी गराएकी हुन् । पोस्टरमा एउटा विमानको तस्विर देखिन्छ भने एक जना पुरुष सुटकेश बोकेर उक्त जहाजतर्फ हेरिरहेको देखिन्छ । पृष्ठभुमिमा भने एउटा अत्याधुनिक शहर देख्न सकिन्छ ।

‘जहाजैमा’ शीर्षकसंगै अंग्रेजी भाषामा एउटा शब्द पनि लेखिएको देखिन्छ, जसको अर्थ हुन्छ– ड्डजहाँ हरेक लहरले कथा लुकाउँछ…।’ यो सिनेमामा नेपालसहित जापान तथा फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको बताइएको छ ।

निर्देशक चौलागाईका अनुसार यो सिनेमाको छायांकन भदौदेखि प्रारम्भ हुनेछ । सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा छायांकन गर छ । यो सिनेमाका लागि निर्देशक कृषा चौलागाईँले १५ प्रतिशत शेयर तथा ५५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

त्यस्तै, उज्वल गुरागाई भन्नुहुन्छ ; “जहाजैमा” मेरो सपना हो—यो सिनेमा केवल मनोरञ्जन होइन, प्रवास, पीडा, प्रेम र परदेशी भूमिमा हराएका कथाहरूको संगालो हो । हाम्रो देशका थुप्रै युवाहरूले बोक्ने संघर्ष, सपना र भावनालाई पर्दामा उतार्ने हाम्रो प्रयास हो यो। निर्देशक कृष्ण चौलागाईंको अनुभव र टीमको मेहेनतले यो चलचित्र एक अद्वितीय अनुभूति बन्नेछ भन्ने पूर्ण विश्वास छ।

म सम्पूर्ण दर्शकवर्ग, शुभचिन्तक र नेपाली चलचित्रप्रेमीलाई आग्रह गर्न चाहन्छु—आउनुहोस्, “जहाजैमा” को यात्रा संगै गरौं। यो तपाईं हाम्रो कथाको यात्रा हो ।

यो सिनेमालाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । सिनेमामा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ । जापानमा रहेर सिनेमा वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो सिनेमालाई निर्माण गर्नेछ ।

अघिल्लो साता यही सिनेमा निर्देशनका लागि यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँबीच कागजी सम्झौता भएको थियो ।