Sur Cinema

‘मिरमिरे’मा सपूत

काठमाडौं : सिनेमा ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराएको हो । प्रकाश अहिलेका रुचाइएका कलाकार हुन् । सिनेमा ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् ।

सिनेमा ‘कार्साङ’ फेम्ड निर्देशक यमले ‘मिरमिरे’को कलाकार लाइनअप बलियो हुने बताए । प्राविधिकपक्ष पनि सिनेमाको बलियो हुने उनको भनाइ छ । अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने सिनेमाले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए । सिनेमाको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो सिनेमाको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका सिनेमा वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।