काठमाडौँ : लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको सिनेमा ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन् । उनलाई हालै निर्माण टिमले कागजी सम्झौता गरि अनुबन्ध गरेको हो । उनले यो सिनेमाको स्क्रिप्ट मन परेको कारणले आफुले सिनेमामा काम गर्न राजी भएको बताएका छन् ।
सिनेमामा अनुबन्ध भइसकेपछि उनले आफुलाई सिनेमाको स्क्रिप्टले भावुक बनाएकोले काम गर्न उत्साहित भएको बताए ।यो सिनेमाको छायांकन चाँडै गर्नका लागि आफुले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ ।
यसअघि यो सिनेमामा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन् । निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए । त्यो सहकार्य निकै दर्शकले मन पराएका थिए। त्यसैले पनि होला सोही सिनेमाका निर्देशक पन्तसँग उनी दोस्रो सिनेमामा सहकार्य गर्न लागेकी हुन् ।
निर्देशक पन्तले सिनेमा ‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन् । यश सिनेमाको स्कृप्ट अभिमन्यू निरवीले लेखिरहेका छन् । यस सिनेमामा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए । उनका अनुसार यो सिनेमा आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ ।















