काठमाडौं : ‘मनको मान्छे’ शिर्षक रहेको सिरिजको प्रसारण सुरु भएको छ । भाइ प्रतीको जिम्मेवारी बोध गर्दै आफ्ना खुसीहरु बिर्सिएकी एउटी दिदीको कथा यसको मुख्य विषयबस्तु रहेको छ । त्यस सङ्गै दुइ युवायुवती बिचको चोखो प्रेम सम्बन्धमा आइलाग्ने कठिनाइ र धमिलिएको एउटा यात्रा लाई यसले सम्बोधन गरेको छ । पहिलो एपिसोड सार्वजनिक भैसकेकोमा बाँकी दुई एपिसोड पनि छिट्टै प्रसारण हुने छ ।
यस सिरिजमा यश राज गराच, शकुन्तला शाह, महेश खड्का, स्मृती श्रेष्ठ लगायतको भुमिका रहेको छ । नवल नेपालको लेखन निर्देशन रहेको सिरिजमा रिद्धी श्रेष्ठ, काब्या श्रेष्ठ र समीक्षा श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । यसमा सम्पादनको जिम्मा गौतम राज खड्का र बिश्वराम खड्काले लिएका छन् । मदन काश्यप घिमिरेले खिचेको सिरिजमा किशोर बिश्वकर्माको संगीत रहेको छ भने कथा र निर्माण सम्योजन रत्न काजी जोशीको रहेको छ ।
लामा लामा सिरिज र सिरियलले दिक्क भएका दर्शकलाई यसले केही राहत दिने अनुमान गर्न सकिन्छ ।















