Sur Cinema

‘गुन भुलेउ’ भनेर पीडा पोख्दै सारिका : सामाजिक सन्जालमा भाईरल !

काठमाडौं : पछिल्लो समय सामाजिक सन्जाल स्क्रोल नगर्ने मान्छेहरु सायद कमै होलान् । चाहे टिकटक होस् या फेसबुक रिल्स । साना साना क्लिपहरुले पनि अफवाह फैलाउने होस या सन्देश अथवा मनोरञ्जन दिने काम गरिरहेको हुन्छ ।

यतिबेला सामाजिक संजालमा एउटा गीत निकै भाईरल भैरहेको छ । ‘गुन भुलेउ पित्तलको सुन पाएउ होला, भुई छोडेउ आकाशको जुन पाएउ होला।’ जसका सर्जक हुन् सारिका घिमिरे ।

एक दर्जनभन्दा बढी सिनेमामा अभियन गरेकी उनले तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । पछिल्लो समय गायिकाका रूपमा ख्याति कमाउँदै गरेकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

घिमिरेले शुक्रबार रिलिज भएको गीत ‘गुन भुलेउ’ भन्दै आफ्नो ब्यथा गीत मार्फत पोखेकी हुन् । उक्त गीतको भिडियो सार्बजनिक नहुँदै टिकटकमा केही दिन अगावै स्रोताहरुले मन पराएर भाईरल भैसकेको छ ।

गीतमा शब्द,संगित र आवाज सारिका घिमिरेको नै रहेको छ । गीतको संगित संयोजन तथा मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन । आफ्नो मन रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन भने अर्जुन खड्काको छायाकंन तथा सम्पादन रहेको छ । शर्मिला सुनुवारको मेकअप रहेको गीतमा दामी क्रियसनको पोष्ट प्रोडक्सन रहेको छ । गीतमा सारिका घिमिरेको नै अभिनय रहेको छ ।