Sur Cinema

थिम पोस्टर सार्वजनिक गर्दै चन्द्रले गरे नंया सिनेमा घोषणा

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा सिनेमा ‘आ बाट आमा’को बन्ने भएको छ । उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् भने फागुन १५ गतेलाई प्रदर्शन मिति समेत तोकेका छन् ।

सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको देखिन्छ । रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ । यसबाट थाहा हुन्छ कि यो सिनेमाको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ । 

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस सिनेमाको छायांकन आगामी भदौबाट हुने निर्माण पक्षले जानकारी दिएको छ । यो सिनेमाको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन ।

सिनेमालाई अभिमन्यु निरवीले लेखेका हुन् । निर्देशक पन्तका अनुसार अहिले सिनेमाको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो। केहि दिनमा कलाकारका साथै यस सिनेमाको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ।