काठमाडौं : सिनेमा ‘नरसिंहाः अवतार’को गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । सार्वजनिक गीतले बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरिएको छ ।।
सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एभेलिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एभेलिना प्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेम भावलाई प्रस्तुत गरिएको छ । सिनेमाको यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
चन्द्र पन्तको कथा रहेको यो सिनेमामा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । सिनेमामा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ । सिनेमा जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।















