काठमाडौं : नेपाली टेलिभिजनको पर्दामा नयाँ सिरियल ‘धड्कन’ आएको छ । पछिल्लो समयको ब्यस्त निर्देशक सरोज दाहालको निर्देशनमा निर्माण भएको सिरियलले प्रेम, संघर्ष र समाजको वास्तविकतालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।
उनको निर्देशनमा बनेका सिरियलहरूमा कथा र पात्रहरूको यथार्थ चित्रणलाई विशेष प्राथमिकता दिइएको पाइन्छ । यस पटक पनि ‘धड्कन’ मा उनले पात्रहरूको मनोवैज्ञानिक पक्षलाई बलियो ढंगले प्रस्तुत गरेका छन् ।
सिरियलमा आर जे सिंह, सरोज दाहाल, राधा श्रेष्ठ, रबिना बस्ताकोटी, दीप माला परियार, लछ्मी घोरासैनी, किशोर पाण्डे, माया शेर्पा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । ‘धड्कन’को सम्पूर्ण एपिसोडहरू एकादशी फिल्म्सको युट्युब च्यानलमा उपलब्ध छन् ।















