Sur Cinema

अमेरिकामा स्थापित ‘शैक्षिक कम्पनी कोड मन्त्र’को ब्रान्ड एम्बासडरमा ऋचा

काठमाडौं : अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कोड मन्त्रले कृत्रिम बौद्धिकता (ए आई), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई सक्षम बनाउने उद्देश्य लिएको छ।

प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनीलाई ब्रान्ड एम्बासडर बनाइएको कम्पनिले बताएको छ। कोड मन्त्रका सीईओ भुवन रिजाल,सीटीओ सुजान रिजाल र प्रोडक सलाहकार सलोम भट्टले यसै सात एक कार्यक्रमका बीच ऋचालाई अनुबन्धित गराए।

“यो केवल एउटा ब्रान्ड साझेदारी होइन,” ऋचाले भनिन्, “हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन्।” केहि समय अगाडी ऋचाले लामो समय पछि ‘तेल भिसा’ नामक सिनेमाको निर्माण एवं अभिनय गरेकी थिइन् ।