Sur Cinema

सबै उमेर समूहका दर्शकले हेर्न पाउने भए ‘के घर के डेरा : घर नं २’

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय सिनेमा जाँच पास समिति (सेन्सर बोर्ड)ले ‘के घर के डेरा : घर नं २’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । सिनेमा जेठ २ गतेदेखि रिलिज हुँदै छ । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाले घर र डेराको कथा भन्नेछ ।

सिनेमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

कृष्णबहादुर थापाको छायांकन रहेको सिनेमाको कार्यकारी निर्माता युवराज कार्की हुन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।