काठमाडौं : चर्चित फेशन डिजाईनर शम्भु पुरीले ‘बेस्ट कस्ट्युम डिजाईनर’को अवार्ड जित्न सफल भएका छन् । गत मे ४ तारिकका दिन न्युयोर्क मा सम्पन्न ८८४८ हिमालय म्युजिक अवार्ड पुरेले हात पारेका हुन् ।
लामो समय देखि नेपाली फेशन क्षेत्रमा काम गर्दै आएका शम्भुले सानै उमेरमा नै आफ्नो नाम चिनाउन सफल भैसकेका छन् । नेपाली कलाकारीता क्षेत्रका चर्चित कलाकारहरुको फ्शन दिजाईन गरिसकेका पुरीले थुप्रै म्युजिक भिडियो रियालिटी सो लगायतमा आफ्नो फेशन कला प्रस्तुत गरिसकेका छन् ।
पछिल्लो समयमा युवा पुस्ता माझ उदाहरणीय बनेका शम्भु हाल फेशन डिजाइनमा उच्च सिक्षा हासिल गर्नका लागि न्युयोर्कमा रहेका छन्।















