काठमाडौं : सिनेमा महाराजधिराज’मा वर्षा शिवाकोटी अनुबन्ध भएकी छन् । पल शाह, रमेश उप्रेती, आर्यन सिग्देल र जय किशन बस्नेत पछि निर्माणपक्षले वर्षालाई बिहिवार अनुबन्ध गरेको हो ।
‘छक्का पन्जा’ सिरिजमा काम गरेपछि वर्षालाई अहिले भ्याइनभ्याई छ । उनी एकपछी अर्को सिनेमामा अनुबन्ध भैरहेकी छिन् । उसो त राम्रो काम गर्ने नायिकाको लिस्टमा उनको नाम सायदै छुट्दैन होला ! त्यसकारण त भटाभट सिनेमाको अफरको ओईरो छ उनलाई ।
सिनेमालाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । सिनेमा फूलपातीमा प्रदर्शन हुनेछ ।















