Sur Cinema

धनगढीमा ‘पिताम्बर’ टिम

काठमाडौं : नायक प्रदिप खड्कासहित सिनेमा ‘पिताम्बर’को जम्बो टोली धनगढीमा पुगेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पिताम्बर’को काठमाण्डौपछि बुधबार साँझ सिनेमाको जम्बो टोली धनगढीको भ्रमणमा पुगेको हो ।

सिनेमाका प्रमुख कलाकार प्रदिप खड्का, अनुप बिक्रम शाही, निर्देशक कृषा चौलागाई, निर्माता विशाल चौलागाईं, सिनेमाटोग्राफर पुरुसोत्तम प्रधान, र अन्य कलाकारहरू दिब्य देव पन्त, लगायत जम्बो टोलीमा समावेश छन् । बुधबार साँझ धनगढी पुग्दा सिनेमाको जम्बो टोलीलाई सिने पत्रकार विवेक नागरी र रंग पत्रकार दिनेश भण्डारीले धनगढी विमानस्थलमा स्वागत गरे ।

सिनेमाको जम्बो टोलीले बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा दर्शकसँगै बसेर सिनेमा हेर्ने कार्यक्रम आयोजना गर्ने बताइएको छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ । सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

सिनेमामा बालकलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्।

सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।