काठमाडौं : अशोक थापा मगरले निर्देशनमा सिनेमा ‘जलाकी’ बन्ने भएको छ । शुक्रबार सिनेमाको टाइटल मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन शुक्रबार आज बागलुङको कालिका भगवती मन्दिरमा भैइरहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो सिनेमामा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । गायक सुशान्त केसीको चर्चित गीत बार्दलीबाट उदाएकी मोडल आकृति राजभण्डारीको ‘जलाकी’ डेव्यु चलचित्र रहेको छ ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । यो सिनेमाको छायांकन तिन चरणमा गर्ने निर्देशक अशोक थापा मगरले बताए । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतीलाई झल्काउने छ ।

एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्मातामा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना) मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन लगायतका कलाकारको पनि अभिनय रहनेछ । अन्य केही कलाकारको छनोट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
सिनेमाको शैलेन्द्र डी काकीको डिओपी, राजु रेग्मी मगर लाइन प्रोड्युुसर, महेश बराल मुख्य सहायक निर्देशक, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ । निर्देशक अशोक थापा मगरले बनाएको सिनेमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।















