काठमाडौं : भोलि बिहिबारबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो सिनेमा हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ ।यसैबिच, यो सिनेमाको देशभरका हलमा बुकिङ समेत खुलिसकेको छ । वर्षकै प्रतिक्षित रुपमा रहेको यो सिनेमालाई मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । हलमा सिनेमाको उच्च चाप छ । यसैले, यो सिनेमाले पाएको शोजलाई सुखद मान्नुपर्छ ।
एक्सन जनरामा निर्माण भएको यो सिनेमाले एउटा मुद्दालाई समेत उठान गरेको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमालाई अमित अग्रहरिले निर्माण गरेका हुन् । सिनेमामा चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ ।
सिनेमामा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको जापान र कतारबाट पनि निकै राम्रो प्रतिक्रिया आएको छ । निर्माणपक्षले सिनेमा सेन्सरका लागि फाइल जापान र कतार पठाएको छ । त्यहाँबाट पनि निकै राम्रो प्रतिक्रिया आएको निर्माणपक्षले बताएको छ । नेपालका दर्शकले पनि सिनेमा मन पराउने विश्वास निर्माणपक्षको छ ।
यो सिनेमालाई क्यूएफएक्स, बीग मुभिज, आई एन आई, वान सिनेमाज्, एफक्यूब लगायतका मल्टिप्लेक्सहरुले सुखद शोज दिएका छन् । भोलि फागूपूर्णिमा भएकाले गर्दा बिहानी शोज उपलब्ध छैन । मध्यान्नबाट भने दर्शकले देशभरका हलमा सिनेमा हेर्न पाउनेछन् ।















