काठमाडौं : सिनेमा ‘मितज्यू’ को प्रमुख कलाकारमा दयाहाङ राई तथा तेरिया मगर अनुबन्धित भएका छन् । बुधबार सामाजिक संजालमार्फत निर्माण टिमले जानकारी दिएको हो । यसअघि नै घोषणा भइसकेअनुसार, सिनेमा आगामी वर्षको चैत २७ गते रिलिज हुने छ ।
‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स-२०१४’ तथा सन् २०१७ को ‘झलक दिखला जा (सिजन ९)’ की विजेता समेत रहेकी तेरियाको यो डेब्यू सिनेमा हुनेछ । निर्माण पक्षले दया र तेरियालाई एकसाथ अनुबन्ध गरिएको सार्वजनिक गरे पनि सिनेमामा उनीहरू जोडीका रूपमा रहने-नरहनेबारे कुनै जानकारी दिएको छैन् ।

सिनेमाका निर्देशक अनिल बुढामगर हुन् । जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको निर्माता जनक घर्तीमगर हुन् । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।















