काठमाडौं : सिनेमा ‘कर्मा’की नायिका उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । उनको लुक्स हेर्दा उनी गाउँबाट शहर आएकी युवतीजस्तो देखिन्छ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । सिनेमा चैत २९ गते रिलिज हुँदैछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपीनको पहिलो एक्सन सिनेमा हो ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो सिनेमामा नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।















